back
NMB ad

छानामाथि चढेर अनलाइन कक्षा लिँदै यी युवती !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपसँगै गत जनवरी महिनादेखि विश्वभर संकटको अवस्था निम्तिएको छ। कोरोनाका कारण लाखौं संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन्।

विभिन्न देशमा लकडाउन लागू गरिएको छ भने डब्लूएचओले शारीरिक दुरीको नियम पालना गर्न भनेको छ। यस्तो अवस्थामा विश्वभरका विद्यालय संचालनमा ठूलो धक्का लागेको छ। तर विद्यालयहरुले भिडियो एप्लिकेसनको प्रयोग गरेर अनलाइन कक्षा भने संचालन गर्न थालेका छन्।

तर अनलाइन कक्षा सबैको पहुँचमा भने पुग्न सकेको छैन। यतिबेला विश्वभर डिजिटल डिभाइडको मुद्दा उठ्न थालेको छ। अनलाइन कक्षा हुनेखाने बर्गको लागि मात्र उचित देखिएको र सामान्य परिवारले यो महँगो भएका कारण प्रयोग गर्न नसकेको बताउन थालिएको छ।

यसबीचमा भारतकी नमिथा नारायनन् जो बीए इंग्लीस पाँचौ सेमेस्टरकी विद्यार्थी हुन् उनले पनि अनलाइन कक्षा लिइरहेकी छिन्। तर घरमै अनलाइन कक्षा लिन उनलाई निकै गाह्रो देखिएको छ। उनको एक तस्बिर सार्वजनिक भएको छ।

जहाँ उनी घरको छानामाथि चढेर मोबाइल नेटवर्क आउने ठाउँमा बसेर अनलाइन कक्षा लिइरहेकी छिन्। केरलास्थित अरिकालमा घर भएकी उनी भन्छिन्,‘मैले बिभिन्न टेलिकमको सिम कार्ड प्रयोग गरेर राम्रो नेटवर्क पाउन प्रयास गरेको छु। अनलाइन कक्षा लिन निकै गाह्रो भइरहेको छ।’ – द हिन्दु

वि.सं.२०७७ जेठ २२ बिहीवार १४:४२ मा प्रकाशित

You can share this post!

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको वृद्धि, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंककले...