back
NMB ad

मलेसियामा ८१ जना नेपालीमा कोरोना सङ्क्रमण

Kumari bank ad

काठमाडौं । मलेसियामा एक हप्ताभित्र थप १४ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै मलेसियामा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ८१ पुगेको मलेसियामा रहेको नेपाली दूतावासका द्वितीय सचिव महेश त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मलेसियामा कोरानो सङ्क्रमित नेपालीमध्ये २२ जना निको भएका छन् । कोरोना सङ्क्रमित सबैजना पुरुष रहेका छन् ।मलेसियामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या बढेको छ ।

अहिलेसम्म ८ हजार २४७ जनामा कोरोना सङ्क्रमण भएकोमा ६ हजार ५५९ जना निको भएका छन् भने १५ सय ७३ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

मलेसियाले कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको सङ्केत गर्दै मे ४ देखि लकडाउन पनि खुकुलो बनाएको छ । जुन ९ सम्म मलेसियाले लकडाउन गरेको छ । तर निश्चित मापदण्डसहित अहिले मलेसियामा आर्थिक गतिविधिहरु सुरु भइसकेका छन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:१० मा प्रकाशित

You can share this post!

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...