back
NMB ad

युएईबाट २ सय ५० र म्यानमारबाट २६ नेपाली शुक्रबार स्वदेश फर्काइने : एनआरएनए

Kumari bank ad

काठमाडौं । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन सुरु गर्ने भएको छ। सरकारले पहिलो पटक बर्मा र युएईबाट नेपाली फर्काउन सुरु गर्ने भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारसँग विभिन्न चरणमा गरेको वार्ता र छलफल पश्चात सरकारले नेपालीलाई स्वदेश फर्काउन सुरु गर्ने भएको संघका अध्यक्ष कुमार पन्तले बताए ।

संघले नेपालीहरूलाई तत्काल स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग समेत पटक पटक छलफल गरेको थियो ।

मन्त्रीद्वयले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई जतिसक्दो चाडो उद्धार गर्ने प्रतिबद्धता एनआरएनएसँग जनाएका थिए। शुक्रबार सुरु हुने उद्धार कार्यले अर्को हप्ताबाट तीव्रता लिने र पहिलो चरणमै करिब ४० हजार नेपालीहरूलाई नेपाल फर्काउने सरकारको तयारी रहेको छ।

लामो समयसम्म विदेशमा अलपत्र परेका नेपालीहरू स्वदेश फर्कन सुरु हुने भएसँगै संघका अध्यक्ष पन्तले खुसी व्यक्त गरे। नेपालीहरूलाई स्वदेश फर्काउने कार्यमा गैरआवासीय नेपाली संघले सक्दो सहजीकरण गर्ने संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

संघले विश्वभर छरिएका नेपाली दूतावाससँग सहकार्य गर्दै नेपालीहरूको फिर्तीका लागि सहयोग गर्न सबै शाखालाई गत हप्ता नै निर्देशन दिएको थियो।

पहिलो पटक बर्माबाट २६ जना र संयुक्त अरब इमिरेट्सबाट २ सय ५० जना नेपालीलाई स्वदेश फर्काइने तयारी भएको अध्यक्ष पन्तको भनाइ छ।

अध्यक्ष पन्तले विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीहरूलाई धैर्य गरी जहाँ भएपनि त्यहीँ रहेर एकअर्कालाई सहयोग पु¥याउन समेत आग्रह गरे। यसअघि संघका विदेशस्थित शाखाहरूले नेपाल फर्कन चाहनेहरूको तथ्यांक संकलन गर्दै आएका छन्।

तथ्यांकअनुसार मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ। युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सयजनाको प्रारम्भिक सूची तयारी अवस्थामा रहेको छ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १८:१८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...