back
NMB ad

प्रदेश चक्रपथ निर्माण गर्दै बागमती सरकार

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको चक्रपथ निर्माण योजनालाई आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

’प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माणको काम आगामी आर्थिक वर्षदेखि गतिवान ढङ्गले शुरु गर्छौँ’, उहाँले भन्नुभयो ।

उहाँले चक्रपथको सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन प्रतिवेदन निर्माणलगायत कामको तयारी थालिएको बताउनुभयो । आगामी बजेटमा उक्त मार्गले उपयुक्त स्थान पाउने उहाँको भनाई छ ।

मन्त्री फुँयालले यसबाहेक मन्त्रालयले यसै वर्षको असार मसान्तभित्र बागमती प्रदेश यातायात गुरुयोजना तयार गर्ने काम सम्पन्न गर्ने, प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडकको समेत निर्माण प्रारम्भ हुने जानकारी दिनुभयो ।

फुँयालले हेटौँडादेखि काठमाडौँसम्म जोड्ने मदन भण्डारीमार्गअन्तर्गत भैँसे–भीमफेदी र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक दुई लेनमा स्तरोन्नति गर्ने कार्य भइरहेको र चाँडै नै कालोपत्रको काम पनि सुरू हुने बताउनुभयो ।

पुष्पलाल प्रदेश चक्रपथ रामेछापबाट–दोलखा–काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक–रसुवा–नुवाकोट–धादिङ–चितवन–मकवानपुर–सिन्धुली हुँदै पुनः रामेछाप जोडिने बताइएको छ। चक्रपथका लागि सिन्धुपाल्चोक रसुवा खण्डको निर्माणकार्य तत्काल अघि बढाइने जनाइएको छ।

प्रदेश सरकारले मुख्यमन्त्री सडक कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकामसँग स्थानीय तहहरूको केन्द्र जोड्ने सडक सङ्घीय सरकारसँग सहकार्यमा वर्षैभरि सञ्चालन हुने सडकका रूपमा आगामी पाँच वर्षमा सम्पन्न हुने गरी स्तरोन्नति गर्ने, प्रदेशभित्र आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिने र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका काँठ क्षेत्रमा हाल सञ्चालनमा रहेका सडकलाई स्तरोन्नति गरी काँठ चक्रपथका रूपमा विकास गरिने सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै १०४ वर्ष अगाडि बनेको दक्षिण एशियाकै पहिलो मानवनिर्मित चुरियामाई सुरुङलाई प्रदेशको ऐतिहासिक सम्पदाका रूपमा संरक्षण गरी अध्ययन केन्द्र बनाइने, ऐतिहासिक हेटौँडा–काठमाडौँ रज्जु मार्ग (रोप–वे) लाई लगानी बोर्डबाट भएको अध्ययनका आधारमा सार्वजनिक–निजी साझेदारी कार्यक्रममार्फत पर्यटकीय यात्रामार्गका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ।

त्यस्तै प्रदेश सरकारले नीति तथा कार्यक्रमअनुसार प्रदेशभित्र किफायती, सुरक्षित, भरपर्दो र वातावरणमैत्री यातायात सञ्चालनका लागि प्रदेश यातायात निगम लिमिटेड स्थापना गरी सञ्चालन गरी विद्युतीय सवारी साधन प्रयोग गर्न प्रोत्साहन दिइने, यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित बनाउन सम्पूर्ण सवारी साधनको विवरण डिजिटल प्रविधिमा लाने तथा अनलाइनमार्फत सेवा प्रदान गर्ने एवं सवारी चालक अनुमतिपत्रको छपाइ र वितरणको वैज्ञानिक प्रणाली विकास गर्ने भएको छ।

त्यसैगरी प्रदेश सरकारले राजधानीभित्र छरिएर रहेका अटोमेकानिकल वर्कसपलाई व्यवस्थित गर्न अटोभिलेज स्थापना गर्ने भएको छ। अटोभिलेजको कामको विस्तृत आयोजना प्रतिवेदनबमोजिम भिलेज तयार गर्ने र आगामी दुई वर्षभित्र सम्पूर्ण अटोमेकानिकल वर्कसपलाई उक्त अटोभिलेजमा स्थानान्तरण गर्ने जनाइएको छ। -रासस

वि.सं.२०७७ जेठ २३ शुक्रवार ०८:४९ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...