back
NMB ad

अब दैनिक १२ बजेसम्म मात्रै पसल खोल्ने सहमति

Kumari bank ad

जनकपुरधाम । जनकपुरधाममा स्थानीय प्रशासन र व्यापारीबीच मध्यान्ह १२ बजेसम्म पसल खोल्ने सहमति भएको छ ।

शुक्रबार बिहान व्यापारी र जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच भएको छलफलले मध्यान्ह १२ बजेसम्म पसल खोल्ने मौखिक सहमति गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

‘खाद्यान्न, तरकारी, फलफूल, दूधसहित अत्यावश्यक सामानको पसल खुला नै थियो, अन्य पसल पनि लुकेर सञ्चालन भइरहेको थियो’ निरौलाले भने, ‘प्रहरीलाई आएपछि बन्द गर्ने र गएपछि आधा सटर खोलेर पसल सञ्चालन गर्दै आएको अवस्थामा मध्यान्हसम्म पसल खोल्न दिने सहमति भएको हो ।’

केही दिनयता देशका प्रमुख शहरमा व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने बताएपछि स्थानीय प्रशासनकै सहमतिमा पसलहरु खुल्न थालेका छन् ।

प्रजिअ निरौलाले ग्राहकहरुबीच दूरी कायम गर्ने र सेनिटाइजरको प्रयोगलगायत सुरक्षाका उपाय अपनाएर व्यवसाय सञ्चालन हुने बताए ।अन्य व्यवसाय खुले पनि सिनेमा घर, सैलुन आदि कतिपय व्यवसाय भने प्रशासनले खोल्न नदिने भएको छ ।

बिहीबार पसल खोलेको भन्दै प्रहरीले दुई जना व्यापारीलाई कुटपिट गरेको थियो । कुटपिट गर्ने प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कारबाही प्रक्रिया सुरु गरिसकेको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...