back
NMB ad

होटल तथा रेष्टुरेन्ट पनि खुल्ने !

Kumari bank ad

एजेन्सी । भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन् । आन्ध्रप्रदेशका पर्यटनमन्त्री मुत्तमसेट्टी श्रीनिवास रावले सो कुराको जानकारी शुक्रबार दिनुभएको छ ।

उहाँले आगामी सोमबारदेखि यहाँका होटल रेष्टुरेन्ट र अरु सेवा सुचारु गर्ने तयारी गरिएको शुक्रबार बिहान जानकारी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

तर ती होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु सञ्चालन गर्दा कोभिड १९ बाट बच्नका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरुको भने पालना गरिने छ । उहाँको सरकारले कोभिड १९ को महामारीपछि आगामी दिनमा सञ्चालनमा आउनुपर्ने कार्यालयका लागि कोभिडबाट बच्न सकिने मापदण्डहरु निर्माण गरेको छ ।

उहाँले लामो समयदेखि बन्द रहेका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका साथै अरु व्यवयास पनि खुल्ने तयारी भएको जानकरी दिनुभयो ।

यसकासाथै बजारका अरु प्रसिद्ध मन्दिरहरु पनि खुल्ने तयारी भएको जानकारी दिनुभयो । तर विद्यालय विश्वविद्यालयहरु भने अहिले नै नखुल्ने भएका छन् ।

आज बिहान यस प्रदेशका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरुका प्रतिनिधिहरुसँगको अन्तक्र्रियाका क्रममा मन्त्री रावले सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना भाइरसको प्रकोपका कारण गएको दुई महिना भन्दा पनि लामो समयदेखि यहाँ जारी रहेको लकडाउनका कारण सबै क्षेत्र बन्द रहेको छ ।

वि.सं.२०७७ जेठ २३ शुक्रवार १३:०३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...