back
NMB ad

बागमती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शिक्षालाई विशेष जोड दिने भएको छ ।

प्रदेश सरकारले प्रदेश विश्वविद्यालय सञ्चालनको कानूनी तथा संस्थागत संरचना व्यवस्था गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

यसबाहेक प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत ‘वाग्मती प्रदेशको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’ भन्ने नारालाई अघि सारेर उच्च शिक्षा हासिल गर्न चाहने प्रदेशका महिलालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

छोरीबुहारी उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत चालु आवमा सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न पाँच विषयका लागि छात्रवृत्ति उपलब्ध गराएको प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।

प्राविधिक तथा व्यावसायिकतर्फ स्नातकोत्तरका लागि पाँच कोटामा रु एक लाख ७६ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो । यस्तै विज्ञानतर्फ स्नातकोत्तरका लागि १० कोटामा रु ५२ हजारका दरले र विज्ञानबाहेक अन्य विषयको स्नातकोत्तरको १०० कोटाका लागि रु २५ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको थियो ।

त्यस्तै विज्ञानको स्नातकका लागि २० कोटामा रु ४० हजारका दरले र विज्ञानबाहेकका स्नातकका लागि २६५ कोटामा रु २० हजारका दरले छात्रवृत्ति रकम दिइएको जनाइएको छ । उक्त कार्यक्रमलाई आगामी वर्ष अझ परिष्कृत पारिने बताइएको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत ‘समृद्धिका लागि युवाको क्रियाशीलता, हातमा सीप र दिमागमा उद्यमशीलता’ भन्ने नारासहित सीपमूलक तथा रोजगारीमूलक शिक्षामा विशेष जोड दिने सङ्केत गरेको छ ।

उक्त नाराको कार्यान्वयनका लागि युवाको नेतृत्व विकास, व्यावसायिक सीप अभिवृद्धि, रोजगार, स्वरोजगार एवं उद्यमशीलता प्रवद्र्धनजस्ता युवा सशक्तीकरणका कार्यक्रममा जोड दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ । (रासस)

वि.सं.२०७७ जेठ २५ आइतवार ०८:०१ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...