back
NMB ad

भारतबाट धादिङ आएका १६ जनामा कोरोना संक्रमण

Kumari bank ad

मनीष दुवाडी,धादिङ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका धादिङका १६ जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेटाइनमा रहेकामा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टाइनमा रहेका बेला नीलकण्ठ नगरपालिकाले गरेको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी पीसिआरका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो ।

आरडीटीमा पोजिटिभ देखिएपछि स्वाब संकलन गरी जेठ २४ गते लगिएकोमा सोमबार कोरोना रिपोट पोजिटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

नीलकण्ठ माविको क्वारेन्टाइनमा रहेकाहरुमध्ये १६ जनामा कोरोना पोजिटिभ देखिएपछि कोरोना व्यवस्थापन समितिको बैठक बसिरहेको छ । उनीहरु कहिले भारतबाट आएका थिए र उनीहरुसँगै आएकाको खोजी गरिने स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।

योसँगै धादिङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २२ पुगेको छ । त्रावती डवजोङ गाउँपालिका वडा नं ३ का एक पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।

धुनीबेसी नगरपालिका ३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका ५ की २३ वर्षीया महिला र नीलकण्ठ नगरपालिका ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।-अन्न्पूर्ण पोष्ट अनलाइन

वि.सं.२०७७ जेठ २६ सोमवार १५:३२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...