back
NMB ad

नेप्सेमा लामो समयपछि आईपीओसहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । लामो समयपछि नेपालको धितोपत्र बजारमा शेयर थप भएको छ । बुधवार नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता आईपीओसहित अन्य चार ओटा कम्पनीको बोनस शेयर गरि कुल ३५ करोड ६ लाख ९७ हजार ९८० दशमलव ५६ कित्ता शेयर सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार बुधवार एनएमबि बैंक, नेपाल एसबिआई बैंक, बुटवल पावर र जानकी फाइनान्स फाइनान्सको बोनस शेयरसमेत सूचीकृत भएको छ ।

एनएमबिको २१ प्रतिशत, नेपाल एसबिआई बैंकको ६ प्रतिशत, बुटवल पावरको १० प्रतिशत र जानकी फाइनान्सको २२ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । अब लगानीकर्ताले ती कम्पनीको सूचीकृत शेयरको कारोबार गर्न सक्नेछन् ।

गत चैत १० गतेदेखि बजार बन्द भई वैशाखमा दुई दिन खुला भए पनि शेयर सूचीकृत भएको थिएन । बजार बन्द भए पनि शेयर सूचीकरण प्रक्रिया नेप्सेले नरोकेकाले ती कम्पनीहरुको शेयर सूचीकरण भएको हो । बजार सुचारु भएमा ती कम्पनीका शेयरधनीहरुले कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७७ जेठ २८ बुधवार १६:३० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...