back
NMB ad

आजदेखि बैंक तथा वित्तीय संस्था नियमित रूपमा सञ्चालनमा आउने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो ।

भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिकाअनुसार सेवा प्रवाह गराउँदै आएका बैंक तथा वित्तीय संस्थाले आजदेखि भने नियमितरुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीबीचमा तीन फिटको भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ ।

त्यसैगरी सेवा प्रदायक र सेवाग्राही दुवैले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्नेलगायतका शर्तहरुको पालना गरेर सेवा सञ्चालन गराउन निर्देशन दिइएको सहायक प्रजिअ सुवेदीले बताए ।

वि.सं.२०७७ जेठ २९ बिहीवार ०७:१५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...