back
NMB ad

बागलुङका क्वारेन्टिन : टिभी, इन्टरनेट र छुट्टाछुट्टै भान्साको सुविधा

Kumari bank ad

बागलुङ । क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला बागलुङका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन्।

क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन्। टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ। व्यवस्थापनमा स्थानीयवासी खटिएका छन्। गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’ समेत जडान गरिएको छ।

सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छन्। सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन्। विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आधारभूत विद्यालय क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए।

‘खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ’, संयोजक थापाले भने, ‘बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ।’ व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ। जनहित माविको क्वारेन्टिनमा रहेका राजु चोखालले इन्टरनेटमा विभिन्न सामग्री हेरेर समय बित्ने गरेको बताए।

‘हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ’, उनले भने, ‘खाना, बसाइमा कुनै कमी र असुविधा छैन।’ बरु, क्वारेन्टिनको बसाइ लम्बिएकामा उनको गुनासो छ। उनी क्वारेन्टिन बसेको २१ दिन भयो। आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन। प्रगति आविको क्वारेन्टिनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन्।

समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन्। सुविधायुक्त क्वारेन्टिनस्थलले केही सन्तोष दिएको छ। व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ।

क्वारेन्टिनको अनुशासनलाई कडाइपूर्वक पालना गराउन नियमित अनुगमन हुने गरेको छ। नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन्। सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टिन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए।

क्वारेन्टिनमा बस्नेको संख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ। क्वारेन्टिनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ। कसैले खाट त कसैले टिभी दिएका थिए।

नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन्। उक्त वडाबाट रोजगारीका लागि भारत जानेको संख्या करिब ५० मात्रै छ।

कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको संख्या बढ्ने देखिन्छ। सो अवस्थामा क्वारेन्टिनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ। भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शय्याको क्वारेन्टिन बनाउन निर्देशन दिएको थियो।

तत्कालै वडा नं ३ ले पनि १५ श्ययाको क्वारेन्टिन निर्माण गरेको थियो। गलकोट उद्योग वाणिज्य संघ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजंग भण्डारीले बताए। क्याम्पसको कोठालाई क्वारेन्टिनस्थलका रुपमा प्रयोग गरिएको छ। ‘क्वारेन्टिन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानेटाइजरसम्म उपलब्ध गराएका छौँ’, अध्यक्ष भण्डारीले भने।

शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ। नगरपालिकाले कोरोना आशंकित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्दै आएको छ।

क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन्। क्वारेन्टिनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ। जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टिन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ।

बाहिरबाट आउनेको ठूलो संख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टिनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा अहिले एक हजार ७३६ जना छन्। तीमध्ये झण्डै ८०० जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ। जिल्लामा हालसम्म ४१ जनामा कोरोना संक्रमण देखिएको छ। आठ जना निको भएका छन्। -रासस

वि.सं.२०७७ असार ४ बिहीवार १८:४७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...