back
NMB ad

नेप्सेमा दुई कम्पनीको पौने ३ करोड कित्ता शेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीवार दुई वित्तीय संस्थाको पौने ३ करोड भन्दा बढि कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेमा प्राइम कमर्सियल बैंक र नेशनल माइक्रोफाइनान्सको २ करोड ८६ लाख १६ हजार ६ सय ७७ दशमलव ५ कित्ता शेयर सूचीकृत भएको हो ।

नेप्सेमा प्राइम कमर्सियल बैंकको कैलाश विकास बैंकलाई प्राप्ति गरेपश्चातको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता शेयर सूचीकृत भएको हो । प्राइमले कैलाशलाई प्राप्ति गरि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार गरेको हो ।

त्यस्तै नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयर पनि बिहीवारनै सूचीकृत भएको छ । कम्पनीले बोनस शेयर वापतको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो ।

कम्पनीले गत मंसिर २९ गते छैठौं वार्षिक साधारण सभा मार्फत उक्त बोनस शेयर पारित गरेको थियो । पारित गरेको छ महीनापछि कम्पनीले बोनस शेयर सूचीकृत गराएको हो शेयरधनीहरुले आफ्नो हितग्राही खातामा आएपश्चात सूचीकृत भएको उक्त शेयर कारोबार गर्न सक्नेछन् ।

वि.सं.२०७७ असार ४ बिहीवार १९:४३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...