back
NMB ad

बैंकहरुमा झण्डै ३७ खर्ब निक्षेप : व्यक्तिगत खातामा सबैभन्दा बढी, कुन क्षेत्रबाट कति ?

Kumari bank ad

विक्रम सुनार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ३६ खर्ब ९३ अर्ब ९३ करोड निक्षेप संकलन गरेका छन । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको बैशाखसम्मको मासिक प्रतिवेदनले यस्तो देखाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुको यो निक्षेप गत आर्थिक वर्षको सो अवधिको तुलनामा १०.१ प्रतिशतले बढि हो । गत आवको सो अवधिमा ३१ खर्ब ५८ अर्ब ९८ करोड निक्षेप संकलन भएको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुका विभिन्न खाताहरुमध्ये सबैभन्दा बढी निक्षेप व्यक्तिगत खातामा रहेको छ । व्यक्तिगत खाताको निक्षेप खातामा रु. २० खर्ब ३३ अर्ब ८२ करोड रकम जम्मा भएको छ । सबैभन्दा कम निक्षेप भने स्थानिय सरकारको खातामा रहेको छ । उक्त खातामा ६० अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ ।

यस्तै, विदेशी मुद्रामा रु. १ खर्ब ८ अर्ब १ करोड भन्दा बढी रकम जम्मा भएको छ । साथै, सञ्चय कोष, बीमा कम्पनीहरु, नागरिक लगानी कोष जस्ता गैर–बैंकिङ संस्थाहरुले रु. ६ खर्ब १६ अर्ब २५ करोड रुपैयाँ निक्षेप स्वरुप बैंकहरुमा जम्मा गरेका छन् । त्यसमा बीमा कम्पनीहरुले मात्र २ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ जम्मा गरेका छन् ।

यस्तै, सरकारी कम्पनीहरुले रु. ३ खर्ब २७ अर्ब ३९ करोड निक्षेप संकलन गरेको तथ्यांकमा उल्लेख छ । यस्तै, गैर–सरकारी कम्पनीहरुले २ खर्ब ७५ अर्ब ६८ रुपैयाँ निक्षेप राखेका छन् ।

यसैगरि गैर नाफा मुलुक संस्थाहरु मार्फत रु. १ खर्ब २२ अर्ब १९ करोड, अन्तर बैंक निक्षेप मार्फत रु. १ खर्ब १ अर्ब ४१ करोड र विविध माध्यमबाट रु. ६३ अर्ब २६ करोड निक्षेप संकलन भएको छ ।

वि.सं.२०७७ असार ५ शुक्रवार ०९:३८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...