back
NMB ad

नेप्सेमा झण्डै २१ करोड कित्ता शेयर सूचीकृत, कुन कम्पनीको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । कोरोना प्रभाव रोक्न सरकारले गरेका लकडाउनका कारण गत ११ चैतदेखि शेयर बजार बन्द अवस्थमा छ । सरकारले लकडाउन केही खुकुलो बनाएता पनि हालसम्म बजारमा सेयर कारोबार बन्दै नै रहेको छ । यद्यपि शेयर सूचीकरण भने रोकिएको छैन ।

कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारद्वारा जारी लकडाउन अवधिभित्र नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झण्डै २१ करोड कित्ता शेयर सूचीकृत भएको छ ।

विभिन्न कम्पनीको बोनस शेयर, प्राथमिक तथा हकप्रद गरि कुल २० करोड ९६ लाख १० हजार ७६ दशमलव ०६ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार नेपाल पुनर्बिमा कम्पनीको १० करोड कित्ता प्राथमिक शेयर, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ लाख ६० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

यस्तै, नेपाल एग्रो लद्युवित्त वित्तीय संस्था ७४ हजार ६ सय ६६ दशमलव ७० कित्ता, लुम्बिनी विकास बैंक १२ लाख ९३ हजार ४ सय ८१ दशमलव ७८ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता, प्राइम कमर्सियल बैंक १ करोड ५४ लाख ९८ हजार ९ सय ६२ दशमलव ७२ कित्ता, जानकी फाइनान्स १० लाख ८२ हजार ७ सय ८ दशमलव ६६ कित्ता, एनएमबी बैंक २ करोड ४२ लाख १२ हजार ४ सय ५७ दशमलव ५९ कित्ता, बुटवल पावर कम्पनी २४ लाख ३३ हजार २ सय ६४ कित्ता र नेपाल एसबीआई बैंकको ५० लाख ६९ हजार ५ सय ५० दशमलव ३१ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

त्यसैगरि मिरमिरे लघुवित्त वित्तीय संस्था ५ लाख ७९ हजार ५ सय ३८ दशमलव ८० कित्ता बोनस सेयर, नेस्नल माइक्रोफाइनान्स् वित्तीय संस्था ११ लाख ३१ हजार ६ सय ६२ दशमलव ५० कित्ता बोनस सेयर, प्राइम कमर्सियल बैंक २ करोड ७४ लाख ८५ हजार १५ कित्ता सेयर, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख ८० हजार कित्ता बोनस सेयर र नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय २२ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

वि.सं.२०७७ असार ९ मंगलवार १७:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...