back
NMB ad

लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित

Kumari bank ad

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा. तुम्बाहाङ्फेले संघिय निजामती सेवालाई स्वच्छ निश्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनालगायतका लागि लिइने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषयलाई विधेयकले समेटेको जानकारी दिनुभयो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षको छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले लोकसेवाले देशका सबै भेग र समुदायका मानिसलाई समेट्ने ऐन कानून बन्नुपर्छ भनेर लामो समयदेखि कुरा उठाउँदै आएको बताउनुभयो ।

सांसद दीलेन्द्रप्रसाद बडूले तीन तहको राज्य व्यवस्थामा लोकसेवा आयोगको विधेयक सान्दर्भिक छ भन्दै संवैधानिक आयोगको विश्वसनीयता र निष्पक्षतालाई जोड दिइनुपर्ने धारणा राख्नुभयो ।

अर्का सांसद सञ्जयकुमार गौतमले सार्वजनिक सेवालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले निजामती सेवालाई समावेशी र प्रतिस्पर्धी बनाइनुपर्ने र आयोगको गरिमालाई कायम राखिनुपर्नेमा जोड दिनुभयो । रासस

वि.सं.२०७७ असार ९ मंगलवार १७:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...