back
NMB ad

भारतले दिल्लीस्थित पाकिस्तानी दूतावासमा कार्यरत आधा कर्मचारीलाई देश निकाला गर्ने

Kumari bank ad

एजेन्सी । भारतले दिल्लीस्थित पाकिस्तानी दुतावासमा कार्यरत आधा कर्मचारी निष्काशन गर्ने भएको छ ।  पाकिस्तानी दुतावासमा कार्यरत कर्मचारीहरुलाई जासुसी तथा आतकंवादीहरुसँगको सम्बन्धमा जोडिएको आरोप लगाउँदै भारतले देश निकालाको तयारी गरेको हो ।

भारतले पाकिस्तानको इस्लामावादस्थित भारतीय दुतवासमा कार्यरत कर्मचारीको संख्या पनि आधा कटौती गर्ने जानकारी भारतीय विदेश मन्त्रालयले दिएको छ ।

भारतको एकतर्फी निर्णयको पाकिस्तानी अधिकारीहरुबाट अहिलेसम्म कुनै आधिकारीक प्रतिक्रिया आएको छैन । भारतले तीन हप्ता अगाडि दुई जना पाकिस्तानी कुटनीतिज्ञलाई देश निकाला गरेपछि दुई देशबिचको सम्बन्ध फेरी चिसिएको छ ।

जवाफमा पाकिस्तानले पनि इस्लाबादस्थित भारतीय दुतावासमा काम गर्ने दुई जना कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।यो घटनालाई भारतले आफ्ना कर्मचारी इस्लाबादको सडकबाट अपहरणमा परेको भनेर प्रचार ग¥यो ।

तर उनीहरुले पैदलयात्रीलाई ठक्कर दिएकोले सडक दुर्घटनाको कानुन अनुसार सोधपुछ गरिएको पाकिस्तानको दावी थियो ।दक्षिण एशियाका आणविक शक्ति सम्पन्न मुलुकहरु भारत र पाकिस्तानबिचको सदावहार विवादले क्षेत्रीय शान्ति, सुरक्षा र सम्बन्धमा नकारात्मक प्रभावहरु पारिरहेका छन् ।

वि.सं.२०७७ असार १० बुधवार ०८:१० मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...