back
NMB ad

मुना कार्की हत्या काण्ड : साढे चार महिनापछि प्रहरीले निकाल्यो यस्तो निष्कर्ष

Kumari bank ad

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी ४९ वर्षीया श्रीतमी मुना कार्कीको हत्या सम्बन्धमा साढे चार महिनापछि प्रहरीले अन्तिम निष्कर्ष निकाल्दै असुन्धानलाई बन्द गरेको छ ।

ललितपुरको सानेपास्थित आफ्नै निवासमा २०७६ माघ २७ गते बिहान करिब साढे ११ बजेर पूर्वसचिव कार्कीकी श्रीमती मुना अचेत अवस्थामा आफनै भेटिएकी थिइन् ।

त्यसपछि उनलाई सानेपास्थित स्टार अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषित गरेको थियो । साथै कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

साढे चार महिना लगाएर महानगरीय प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धानले मुनाको हत्यामा चौधरीको संलग्नता देखिएको निष्कर्ष निकाल्दै अनुसन्धान बन्द गरेको छ ।

प्रहरीको अनुसन्धानले मुनाको हत्यामा चौधरी बाहेक तेस्रो पक्ष संलग्न भएको नदेखिएको निष्कर्ष निकालेको हो । प्रहरीले मुना र चौधरी दुवैको मोबाइललाई फरेन्सिक ल्याबमार्फत अनुसन्धान गर्दा पनि तेस्रो पक्षमाथि शंका गर्दै अनुसन्धान बढाउनु पर्ने आवश्यकता नदेखेको हो ।

भिडियोलगायत अन्य प्रमाण हेर्दा मुनाको हत्या चौधरीले गरेको देखिएको र पोस्टमार्टमा रिपोर्टमा चौधरीले आफ्नो घाँटीमा पासो लगाएको देखिएको प्रहरीको भनाइ छ । तर, के कारणले चौधरीले मुनाको हत्या गरेको भन्नेमा प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

मुनाको हत्याको कारण चौधरीले आत्महत्या गरेसँगै रहस्यको गर्भमै मरेको प्रहरीको निष्कर्ष छ । अर्जुन र मुनासहित उनका परिवारले निकै माया चौधरीलाई गर्ने गरेको र चौधरीले पनि उनीहरुलाई पनि उत्तिकै माया गर्ने गरेको अनुसन्धान देखिएको प्रहरी स्रोतको भनाइ छ । तर, सो घटनाको कारण भने प्रहरी अनुसन्धानमा पनि खुल्न सकेन ।

वि.सं.२०७७ असार १० बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...