back
NMB ad

लकडाउनको ३ महिना : १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

तर, चैत ११ देखि असार १० गतेसम्मको अवधिमा अन्तारिक र अन्तर्राष्ट्रिय गरी १ हजार ८ सय ११ वटा चार्टर्ड उडान भएका छन । ती उडानमा २४ हजार ६ सय ८३ जना यात्रुले सेवा लिएका छन् ।

नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको चार्टर्ड उडानको अनुमति दिने हवाई यातायात महाशाखाले शनिबार राति जारी गरेको तथ्यांक अनुसार १ हजार ८ सय ११ चार्टर्ड उडान मध्ये १ सय ६४ वटा अन्तर्राष्ट्रिय उडान रहेका छन् भने १ हजार ६ सय ४७ आन्तरिक उडान छन् ।

आन्तरिक चार्टर्ड उडानमध्ये १ हजार २ सय ८० घरेलु वायुसेवा कम्पनीका जहाजले गरेका थिए भने ३ सय ६७ वटा हेलिकप्टरबाट गरिएका आन्तरिक उद्धार उडान रहेका महाशाखाले जनाएको छ ।

लकडाउनको पहिलो तीन महिनामा भएको यात्रु आवागमन अन्तर्गत अन्तर्राष्ट्रियतर्फ २१ हजार ४ सय ९९ यात्रुले ओहोरदोहोर गरेका छन् । अध्यागमन विभागका अनुसार, नेपालबाट फर्किने १३ हजार ७५ यात्रु नेपालसहित कम्तीमा ७९ मुलुकका नागरिक हुन् । त्यस्तै, विदेशबाट ८ हजार ४ सय २४ जना हवाइ जहाजमार्फत नेपाल आएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र छाउनीका अनुसार नेपाल आउनेमा २१ वटा मुलुक हुँदै फर्केका ९५ प्रतिशत भन्दा बढी नेपाली नागरिक हुन् । त्यसरी नेपाल आउनेमा अधिकांस श्रम गन्तव्यमा अलपत्र परेका नेपाली छन् ।

तीन महिनाको यो अवधिमा हेलिकप्टरले ३ सय ६७ वटा उडान गरेको छ । काठमाडौंबाट भएका अधिकांस ती चार्टर्ड उडानबाट ४ सय ४० जनाले ओहोरदोहोर गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाका अनुसार यिनमा विदेशी पर्यटक तथा बिरामीको उद्धार संख्या बढी छ ।

९ वटा घरेलु वायुसेवा कम्पनीलाई व्यवसायिक उडानमा रोक लगाइए पनि ७ वटा कम्पनीका विमानले विशेष अनुमति लिएर १ हजार २ सय ८० वटा उडान गरेका छन् । ती उडानबाट १ हजार ५ सय २१ टन खाद्यान्‍न, औषधि, निर्माण सामग्री लगायतको कार्गो ढुवानी भए ।कार्गोबाहेक यी विमानले २ हजार ७ सय ४४ यात्रुलाई ओसारेका छन् ।

प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार आन्तरिकतर्फ सर्वाधिक चार्टर्ड उडान गर्नेमा सीता एयरले ५ सय ४७ वटा, तारा एयरले ४ सय ६ र समीट एयरले ३ सय २ वटा गरेका छन् ।लकडाउनको अवधिमा चार्टर्ड उडान गर्दै नगर्नेमा सिम्रिक र सौर्य एयरलायन्स छन् ।

लकडाउन अवधिभर अन्तर्राष्ट्रियतर्फ २९ वटा फरकफरक वायुसेवा कम्पनी, सैनिक वायुसेवा र चार्टर्ड उडान गर्ने विमान कम्पनीका जहाजले काठमाडौंमा उडान गरेका थिए । जसमध्ये चारवटा नेपाली वायुसेवा कम्पनीका बुद्ध एयर, श्री एयरलायन्स, हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगम थिए । यो अवधिमा म्यानमार र चीनका दुईटा सैनिक विमानले काठमाडौंबाट आफ्ना नागरिकको उद्धार गरेका थिए । बाँकी २३ वटा व्यवसायीक तथा चार्टर्ड उडान गर्ने वायुसेवा कम्पनी थिए ।

अन्तर्राष्ट्रियतर्फ सर्वाधिक उडान गर्नेमा नेपाल वायुसेवा निगमले ४५, हिमालय एयरलायन्सले ३७ र कतार एयरले २१ उडान गरे । तीन महिना यताको चार्टर्ड उडान तथ्यांक स्वदेश तथा विदेशकालागि चार्टर्ड उडान अनुमती दिने प्राधिकरणको हवाई यातायात महाशाखा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गर्छन् । यी दुई निकायले जारी गर्ने तथ्यांकबीच एकरुपता भने छैन ।

जसका कारण राष्ट्रिय सभामा भएको विनियोजन सम्बन्धिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले असार ४ गते चार्टर्ड उडानबारे प्रस्तुत गरेको तथ्यांक फरक परेको थियो ।

सरकारले असार २१ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका व्यवसायिक उडानलाई रोक लगाएको छ । चैत ९ गतेयता ७ औं पटक निर्णय गर्दै सरकारले कोभिड–१९ माहामारी नियन्त्रण गर्नुपर्ने कारण देखाउँदै उडान रोकेको हो । तर, कोरोनाको विश्वव्यापी संक्रमणका कारण उत्पन्‍न असहज परिस्थितिमा स्वदेश फर्किनै पर्ने अवस्थामा रहेका नेपालीलाई जेठ ३२ गतेदेखी उद्धार उडानमार्फत सरकारले निश्चित समयका लागि सर्तसहितको आवागमन खुला गरेको छ ।

स्वदेश आउनैपर्ने नेपालीलाई ध्वजावाहक नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सका ८ वटा जहाजले दैनिक एक दर्जनसम्म उडान गर्दै काठमाडौं ल्याउँदै आएका छन् । यी बाहेक तीन वटा विदेशी विदेशी वायुसेवालाई पनि नेपालीलाई उद्धार गर्न अनुमती दिइएको छ । कान्तिपुर दैनिकमा सुरज कुँवरले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार १५ सोमवार ०७:४५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...