back
NMB ad

शेयर बजारमा उत्साहपूर्ण कारोबार : नेप्से परिसूचक ५.०४ प्रतिशतले बढेपछि दोस्रो सर्किट

Kumari bank ad

काठमाडौं । पोजिटिभ सर्किट होनेर कारोबार खुलेको १० मिनेटमै नेप्सेले दोस्रो सर्किट हानेको छ । बजारमा उत्साहपूर्ण कारोबार र सेयरमा लगानीकर्ताको आकर्षणले नेप्से परिसूचक ५.०४ प्रतिशतले बढेपछि दोस्रो सर्किट भएको हो । १२ बजेर १७ मिनेटमा बजार रोकिएको हो ।

डेढ महिनापछि खुलेको सेयर बजारले पहिलो दिन नेगेटिभ सर्किट हानेकामा दोस्रो दिन दुईपटक पोजिटिभ सर्किट भइसकेको छ । दोस्रो सर्किटपछि कारोबार ४० मिनेटका लागि रोकिएको छ । मंगलबारको कारोबार सुरु भएयता नेप्से ५९.८७ अंकले बढेर १२४८.५७ अंकमा पुगेको छ ।

बजारमा १८ करोड ८१ लाख रुपैयाँबराबरको कारोबार भइसकेको छ । कारोबार सुरु भएको १ घण्टाभित्रमा नेप्से परिसूचक ४ प्रतिशतले घटबढ हुँदा २० मिनेटका लागि कारोबार स्थगित हुन्छ ।

त्यस्तै कारोबार सुरु भएको दुई घण्टाभित्रमा नेप्से परिसूचक ५ प्रतिशतले घटबढ हुँदा ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि ६ प्रतिशतले नेप्से परिसूचक घटबढ भए पुरै दिनका लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १२:२० मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...