back
NMB ad

कर्णालीमा ३९ प्रतिशत भयो धान रोपाइँ

Kumari bank ad

सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाइँ भएको छ । कर्णालीमा धान हुने कुल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो ।

त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए ।

त्यसैगरी, ८ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, ७ हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, ४ हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र ३ हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले बताए ।

उनका अनुसार ७ हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, २ हजार ५७७ हेक्टर जमीन भएको कालीकोटमा २७ र २ हजार ८०० हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाई भएको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाइँमा ढिलाई भएको बताइन् । मन्त्री केसीले भनिन्, ‘कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्ममा क्रियासील हुन किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाइँ कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाइँ कार्य तीव्र गतिमा जान्छ ।’

उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिइए निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उनले कृषिसम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाइ सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गरिन् । -रासस

वि.सं.२०७७ असार १६ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...