back
NMB ad

शेयर बजारमा उछाल : कसले कति कमाए, कसले कति गुमाए ?

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले बुधबारका लागि कारोवार स्थगन गरेको छ।

स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो। कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो। मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ। स्टकका अनुसार नेप्से ७५.७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत १५.१० अर्थात् ५.५५ प्रतिशतले वृद्धि भएको छ। कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो। कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ।

अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ। होटल ५.१५ अङ्कले घट्दा बैंङ्किङ ८२.३, व्यापार ३३.४८, विकास बैंक ५७.०६, जलविद्युत् ३३.६७, वित्त ४.७५, निर्जीवन बीमा ३२२.४१, उत्पादन १०२.५७, अन्य २०.९४, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा ५४८.५३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेका छन्।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो। यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए।

सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९.९८, नागरिक लगानी कोष ९.९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९.९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९.९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए।

यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.९२, ओरियन्टल होलट ३.२७, नेपाल दूरसञ्चार कम्पनी २.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १.७९, आइसिएफसी फाइनान्स १.२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.१८ प्रतिशतले गुमाए।

वि.सं.२०७७ असार १७ बुधवार १५:५६ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...