back
NMB ad

बजार क्षेत्र बन्द गर्न निर्देशन !

Kumari bank ad

गोरखा । गोरखा नगरपालिका-९ को वडा कार्यालय र त्यहाँको सहरी स्वास्थ्य क्लिनिक बन्द गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा लक्ष्मीबजारस्थित सहरी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी सम्पर्कमा रहेको देखिएकाले नगरपालिकाले सूचना जारी गर्दै सो क्लिनिक बन्द गरेको हो।

त्यस्तै, वडा कार्यालयका कर्मचारी पनि उनको सम्पर्कमा रहेको आशंकामा वडा कार्यालयका कर्मचारीको पनि कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालय पनि बन्द गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै लक्ष्मीबजार आसपासका बासिन्दालाई व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेको छ। त्यस्तै अत्यावश्यक काम बाहेक हिँडडुललगायतका बाहिरि गतिबिधि बन्द गरिदिन सर्वसाधारणमा आग्रह गरेको छ।

अहिले कन्ट्याक ट्रेसिङ भइरहेको र कन्ट्याक ट्रेसिङ गरिएकाहरुको कोरोना रिपोर्ट नआउञ्जेल वडा कार्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्र पनि बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ।

वि.सं.२०७७ असार १७ बुधवार १६:१६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...