काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मुल्य घेटेको छ । हिजो बुधबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज भने घटेर छापाबाला सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९० हजार ५ सय ६० मा कारोबार भइरहेको छ । यस्तै, चाँदी भने हिजोको तुलनामा १० रुपैयाले घटेर ९ सय ५० रुपैयाँमा कायम भएको छ ।
वि.सं.२०७७ असार १८ बिहीवार ११:०२ मा प्रकाशित