back
NMB ad

बर्षे अधिवेशनकाे ५६ दिन : नयाँ नक्सालाई संवैधानिक मान्यतादेखि महत्त्वपूर्ण विधेयकहरू पारित

Kumari bank ad

काठमाडौं । सङ्घीय संसदको छैटौँ अधिवेशन (वर्षे अधिवेशन) ५६ दिन बसेर बिहीबारबाट अन्त्य भएको छ ।यसअवधिमा प्रतिनिधिसभाको २६ बैठक (१०३ घण्टा १५ मिनेट) र राष्ट्रिय सभाका ३५ बैठक (६० घण्टा ५० मिनेट) सञ्चालन भएका छन् ।

अधिवेशनको अवधि समयको हिसाबले छोटो भए पनि ऐतिहासिक काम भएका छन् । नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा नेपालको निसान छापमा राख्ने गरी संविधानको दोस्रो संशोधन भएको छ ।

नेपालको नक्सा समेटिएको संविधान संसोधन संसदबाट सर्वसम्मत पास हुने नेपालको संसदीय इतिहासमा नै पहिलो घटनाका रूपमा रहेको छ भने यसबाट राष्ट्रिय एकता प्रदर्शन भएको छ ।

साथै नेपालको प्रशासनिक तथा राजनीतिक नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । यस अवधिमा भएको महत्वपूर्ण काममध्ये यो एउटा हो ।

साथै यो बजेट अधिवेशन पनि भएकाले पनि स्वाभाविक रूपमा यसले बढी समय सरकारका नीति तथा कार्यक्रम र बजेटसँग सम्बन्धित विषयमा खर्च गर्याे ।

त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ पनि पारित भएको छ । बिहीबारको बैठकबाट पारित भएको यो विधेयक प्रमाणीकरण हुन भने बाँकी छ ।

देश सङ्घीयतामा गइसकेपछि सङ्घीय मोडललाई व्यवस्थापन गर्ने महत्वपूर्ण अर्को उपलब्धीको रुपमा यसलाई लिन सकिन्छ । उसो त प्रमाणीकरण भएका सबै विधेयकको आफ्नो ठाउँमा उत्तिकै महत्त्व छन् ।

तर पनि यस अवधिमा निजामति कर्मचारीसम्बन्धी विधेयक पारित हुन सकेन । कर्मचारीको व्यवस्थापनका लागि यो महत्वपर्ण विधेयकको रुपमा हेरिएको थियो । त्यस्तै, नागरिकतासम्बन्धी विधेयक पनि अर्को महत्वपूर्ण विधेयक थियो । त्यो विधेयक पारित हुन सकेन ।

संसद सचिवालयले दिएको जानकारीअनुसार वैशाख २६ गते अपरान्ह ४ बजेबाट शुरु भएको संसद अधिवेशन असार १८ गते अपरान्ह ५ बजेबाट विधिवत अन्त्य भएको हो । सो अवधिमा १९ वटा विधेयक दर्ता भएका थिए ।

जसमध्ये प्रतिनिधि सभातर्फ १४ र राष्ट्रिय सभातर्फ पाँच छन् । संसदमा प्रस्तुत हुन बाँकी विधेयक सङ्ख्या १३ छन् । सचिवालयका अनुसार १० वटा पारित विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको छ ।

त्यस्तै, दुवै सदनबाट पारति दुई वटा विधेयक प्रमाणीकरण हुन बाँकी छन् । सोहीअनुसार विचाराधीन विधेयक सङ्ख्या १९ छ । जसमध्ये प्रतिनिधिसभातर्फ १५ र राष्ट्रियसभातर्फ तीन छन् । त्यस्तै संसद समितिमा विचाराधीन विधयेक सङ्ख्या २० छ ।

दुवै सदनतर्फ १०–१० विधेयक छन् । सोहीअनुसार दर्ता भएका संसदीय प्रस्ताव १४ छन् । त्यस्तै, संंसदमा यस अवधिमा नौ वटा सङ्कल्प प्रस्ताव दर्ता भएका छन् भने दुई वटा विशेष सङ्कल्प प्रस्ताव छन् ।

त्यस्तै, विचाराधीन सन्धी सम्झौताको सङ्ख्या आठ रहेको सङ्घीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। गोरखापत्र दैनिकमा ​लक्की चौधरीले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार १९ शुक्रवार ०७:१६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...