back
NMB ad

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम अगाडि बढ्ने

Kumari bank ad

काठमाडौं । नेपाली सेनाले नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण गर्न भारतबाट विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सहमति दिएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव शर्माले नागढुङ्गा सुरुङ मार्ग निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थ भारतबाट खरिद गर्न निर्माण कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ थापाले सुरुङ मार्ग निर्माण गर्न सडक विभागको समन्वयमा भारतबाट विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाबाट अनुमतिको काम अगाडि बढ्ने स्पष्ट पारे।

विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति नपाउँदा सुरुङ मार्ग निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ खरिद गर्न गएको असोजदेखि सहमति माग गरेको थियो । सेनाबाट विस्फोटक पदार्थ खरिदको सहमतिसँगै सुरुङ मार्ग निर्माण कार्य अब बिना अवरोध अगाडि बढ्ने सडक विभागले जनाएको छ ।

थापाका अनुसार पहिलो चरणमा तीन सय टन विस्फोटक पदार्थ खरिद गर्न सेनाबाट सहमति प्राप्त भएको हो । उक्त सुरुङ मार्ग निर्माणमा करिब २० करोड रुपियाँ बराबरको नौ सय मेट्रिक टन विस्फोटक पदार्थ आवश्यक देखिएको छ । अबको तीन महिनाभित्र भारतबाट विस्फोटक पदार्थ नेपाल आइपुग्ने उनले बताए।

महाशाखा प्रमुख थापाले सेनाको सहमतिपछि प्रक्रिया अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखिसकेको छ । गृहले रक्षा मन्त्रालयलाई सोध्ने छ, रक्षा मन्त्रालयले हुन्छ भनेपछि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासमा पत्राचार गर्छ ।

परराष्ट्र मन्त्रालयले समेत भारतीय राजदूतावासलाई पत्र लेख्छ । त्यसपछि दूतावासले भारतीय विदेश मन्त्रालयलाई जानकारी गराउँछ । भारतीय विदेश मन्त्रालय, रक्षा मन्त्रालय र गृह मन्त्रालयबीच छलफल र सहमति भएपछि तीनवटै मन्त्रालयले सम्बन्धित विस्फोटक पदार्थ निर्माण कम्पनीलाई नेपालमा विस्फोटक पदार्थ उपलब्ध गराउन सहमति प्रदान गर्दछ भने। गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले समाचार लेखेका छन् ।

वि.सं.२०७७ असार २० शनिवार ०८:१७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...