back
NMB ad

न्यून मध्यम आय मुलुकमा उक्लियो नेपाल

Kumari bank ad

काठमाडौं । गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ ।

विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो । विश्व बैङ्कले एक हजार ३६ डलरदेखि चार हजार ४५ डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय भएका मुलुकमा वर्गीकरण गरेको छ ।

सन् २०१८ मा नेपालको प्रतिव्यक्ति आय ९६० डलर रहेकोमा सन् २०१९ मा एक हजार ९० डलर पुगेपछि न्यून मध्यम आयको मुलुक भएको हो ।विश्व बैङ्कले विभिन्न चार वर्गमा मुलुकको वर्गीकरण गर्छ ।

पछिल्लो पटक एक हजार ३६ डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून आय, एक हजार ३६ देखि चार हजार ४५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई न्यून मध्यम आय, चार हजार ४६ देखि १२ हजार ५३५ डलर प्रतिव्यक्ति आय भएका मुलुकलाई उच्च मध्यम आय र सोभन्दा माथि आय भएका मुलुकलाई उच्च आय भएका मुलुकका रूपमा वर्गीकरण गरेको छ ।

यद्यपि प्रतिव्यक्ति आयको यो सीमा विभिन्न समयमा फेरिँदै आएको छ । विश्व बैङ्कको नयाँ वर्गीकरण अनुसार नेपालसहित सातवटा मुलुक आफ्नो पुरानो अवस्थाबाट स्तरोन्नति भएका छन् ।

बेनिन र तान्जानिया न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकमा उक्लिएका छन् । मौरिसस, नाउरु र रोमानिया उच्च मध्यम आय भएका मुलुकबाट उच्च आय भएका मुलुकमा स्तरोन्नति भएका छन् भने इन्डोनेसिया न्यून मध्यम आय भएका मुलुकबाट उच्च मध्यम आय भएका मुलुकमा स्तरोन्नति भएको छ ।

अल्जेरिया र श्रीलङ्का उच्च मध्यम आय भएका मुलुकबाट घटुवा भएर न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । त्यस्तै सुडान न्यून मध्यम आय भएका मुलुकबाट न्यून आय भएका मुलुकमा झरेको छ ।

दक्षिण एसियाली मुलुकमा माल्दिभ्स उच्च मध्यम आय भएको मुलुकमा परेको छ । त्यस्तै भारत, पाकिस्तान, भुटान र बङ्गलादेश न्यून मध्यम आय भएका मुलुकमा परेका छन् । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान मात्र न्यून आय भएका मुलुकमा परेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असार २० शनिवार ०८:२० मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...