back
NMB ad

आफूसँग घातक हतियार रहेको भन्दै चीनले अमेरिकालाई दियो यस्तो चेतावनी

Kumari bank ad

एजेन्सी । चीन र अमेरिकाबीच तनावको स्थिति रहँदा दक्षिण चीन सागरमा शनिवार अमेरिकाले दुई युद्धपोत तैनाथ गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले अमेरिकी युद्धपोतलाई नष्ट गर्नका लागि डीएफ–२१डी र डीएफ–२६ जस्ता खतरनाक हतियार रहेको लेखेको छ । त्यसलाई एयरक्राफ्ट क्यारियर किलर भन्ने गरिन्छ ।

त्यसअघि चीनको परराष्ट्र मन्त्रालयले यस क्षेत्रबाट हजारौं माइल टाढा रहेको देशले आफ्नो शक्तिप्रदर्शन गरिरहेको प्रतिक्रिया दिएको छ ।दक्षिण चीन सागर पूर्णरूपमा चिनियाँ सेनाको नियन्त्रणमा रहेको ग्लोबल टाइम्सले लेखेको छ ।

ग्लोबल टाइम्सले चीनसँग खतरनाक हतियार रहेको खबर दिएपछि अमेरिकी जलसेनाले त्यसलाई जवाफ फर्काउँदै आफूहरू त्यसका लागि तयार रहेको भन्दै ट्वीट गरेको छ । दुवै देश दक्षिण चीन सागरमा तनावका लागि एकअर्कालाई जिम्मेवार ठहर गर्छन् ।

वि.सं.२०७७ असार २२ सोमवार १२:५९ मा प्रकाशित

You can share this post!

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...