back
NMB ad

गहिरो प्रेममा पूर्व युवराज पाससकी छोरी, डेटिङमा हिमानीको पनि साथ ! खुलाइन् फेरि यस्तो रहस्य

Kumari bank ad

काठमाडौं । छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन । गोप्य राखेपनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिंदा प्रशंसकहरुको ताँती छ ।

ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा १० बर्षले जेठा युवकसँग प्रेममा परेको समाचार बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

पूर्णिका सामाजिक संजालका प्रस्तुतीहरुको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेण्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन् ।

उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यसँग गहिरो प्रेममा डुबेकी हुन । उनी आफू गहिरो प्रेममा परेको कुरा त सार्वजनिक गरेकी छन तर जनआस्थाले फेला पारेको छ ती प्रेमी ।उनी हुन श्रीपेज धारण गर्ने नेपालका पहिलो र ब्रिटिशले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान ।

वि.स. १८७१–७३ को नेपाल–अंग्रेज युद्धका कमाण्डर माथवरसिंह थापाकै सन्तान हुन । नेपाल प्रहरीको एआइजीबाट ०७३ सालमा रिटायर्ड भएका सुशीलबरसिंह थापा र त्यही बेला नेपाल सेनाको लेफ्टिनेन्ट कर्णेलको पाँच बर्षे पदावधि लागेर अवकाश पाएपछि सेभ द चिल्ड्रेनमा कार्यरत राजीवबरसिंह थापाहरु ।

पूर्णिकाका प्रेमीचाहिं सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन ।थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन । काठमाडौंको भोटेबहाल पुख्र्यौली थलो भई अहिले विभिन्न ठाउँमा छरिएर बस्ने बरसिंह थापा खलक पहिलादेखि नै शाही परिवार नजिक छ ।

तर पूर्णिका र धर्मको भेट यसरी भएको होइन । सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी भएकी उनले थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन ।

र्धम सानातिना ठेक्कासहित जमिन र बिल्डिङ बेचविखनको काम गर्छन । प्रायः दरबारमार्ग, ठमेल, लाजिम्पाटतिर उनीहरुको जमघट भइरहन्छ ।

रमाइलो कस्तो छ भने, कतिपय डेटिङमा आमा हिमानी पनि साथ हुन्छिन् । पूर्णिक निकट एकजना साथीले जनआस्थालाई सुनाइन, ‘करिव एकबर्ष अघिको एउटा जमघटमा त हिमानी छोरीका प्रेमीसँग मजाले नाचिन, पूर्णिका ताली बजाइरहेकी थिइन ।’ -जनआस्था साप्ताहिकबाट

वि.सं.२०७७ असार २५ बिहीवार १४:११ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...