back
NMB ad

अझै तीन दिन भारी वर्षा हुने : आज यी स्थानमा बाढीको जोखिम

Kumari bank ad

काठमाडौ । मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ । आगामी मंगलबारसम्म देशका विभिन्न भागको मौसम बद्लि भइ भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (आइतबार) देशका धेरैजसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बाग्मति प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

सोमाबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार देशका धेरै जसो स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षासँगै विभिन्न तराईमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । बाढी पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यी स्थानमा बाढीको जोखिम

भारी वर्षासँगै आज प्रदेश नम्बर १, २ र ५ का विभिन्न स्थानमा रहेका खोलाहरुमा बाढी आउने भएकाले सतर्क रहन बाढी पूर्वानुमा शाखाले अपिल गरेको छ ।

शाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, मकवानपुर र प्रदेश २ का सबै जिल्लामा भारी वर्षा हुनुका साथै उक्त क्षेत्रका नदी तथा खहरे खोलामा बाढी आउने छ ।

विरिङ, निन्दा, कन्काई, मावा, रतुवा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बलन, खुट्टी, चुरियाखोला, बकैया नदिमा को तटिय क्षेत्र खतराको तहसम्म बाढी आउने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

वि.सं.२०७७ असार २८ आइतवार ०७:४४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...