back
NMB ad

मौद्रिक नीतिले कर्जाको ब्याज तिर्ने समय थप्छ : गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा पर्याप्त तरलता रहेको बताएको छ । संसदको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारेको छलफलका क्रममा गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा १ खर्ब ६६ अर्ब २ करोड तरलता रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार यो असार २६ सम्मको तथ्यांक हो । यसमा वाणिज्य बैंकबीचको अन्तबैंक कारोबार ०.५० प्रतिशत छ । बैंकको आधारदर घटेको छ । बैंकहरुको औसत आधारदर ९.५७ रहेकोमा यो वर्ष ८.६६ प्रतिशत छ। आधारदर घटेसँगै कर्जाको ब्याजदर समेत घटेको छ।

लकडाउनमा कर्जा प्रवाह न्यून रहे पनि असार लागेपछि बढेको उनले बताए। उनले भने, ‘लकडाउनमा कर्जा प्रवाह न्यून थियो। तर असारपछि कर्जा प्रवाह बढेको छ ।’ यसैबीच, उनले आगामी मौद्रिक नीतिमा कर्जाको ब्याज तिर्ने समय थपको व्यवस्था गर्ने जानकारी दिए।

उनले भने, ‘ब्याज पुँजीकरण गर्ने नीति आउँछ। कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण हुन्छ। थप कर्जा प्रवाह गर्ने नीति आउँछ। साना तथा मझौला व्यवसायीलाई सहजीकरण गरिन्छ।’

नयाँ मौद्रिक नीतिले आन्तरिक उत्पादन र रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने, विकासमूलक क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गर्नेलगायतका व्यवस्था गर्नलागेको पनि उनले बताए।

त्यस्तै, डिजिटाइजेसनमार्फत नगद कारोबारलाई न्यूनीकरण गर्ने र विद्युतीय प्रणालीमा जाने कुरालाई प्राथमिकतामा राखिनेछ। आजको छलफलमा गभर्नर अधिकारीसहित राष्ट्र बैकंका कार्यकारी निर्देशकहरु गुणाकर भट्ट र देवकुमार ढकाल समेत उपस्थित छन्।

वि.सं.२०७७ असार २९ सोमवार १४:५१ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...