back
NMB ad

तरकारीको भाउ पाँच गुणासम्म महँगो : थोकमा सस्तो, खुद्रामा छोइनसक्नु !

Kumari bank ad

काठमाडौं । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपियाँमा खुद्रा किनबेच भइरहेको छ ।

गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् ।तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् ।

त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गर्नुभयो । उहाँका अनुसार बजारमा दैनिक साढे पाँच सय टन मात्रै तरकारी आउँदा पनि माग कम भएर होला थोक बजारमा भाउ सस्तो छ ।

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले थोक बजारमा तीन÷चार वर्षयताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरे। उनले बन्दाबन्दीका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताए।

अघिल्लो वर्ष असार २९ गते गोलभेँडा प्रतिकेजी भाउ ६४ रुपियाँ थोकमा किनबेच भएकामा अहिले १२ रुपियाँमा कारोबार भइरहेको छ । यस्तै बन्दा प्रतिकेजी ४० रुपियाँ भएकामा अहिले १८ रुपियाँ मात्रै छ । घिउसिमी १३५ रुपियाँ भएकामा अहिले ४० रुपियाँ छ भने बोडी ९८ रुपियाँ थोक मूल्य भएकामा अहिले ३३ रुपियाँ छ ।

यो वर्ष थोक बजारमा तरकारीको भाउ सस्तो भए पनि खुद्रा बजारमा भने छोइनसक्नु छ । थोकमा १८ रुपियाँ प्रतिकेजीको बन्दा ७० रुपियाँ, ३८ रुपियाँको मूला ८० रुपियाँ, ३० रुपियाँको स्थानीय काँक्रो ८० रुपियाँ, ३३ रुपियाँको तने बोडी ८० रुपियाँ, २५ रुपियाँको तीतेकरेला ८० रुपियाँ खुद्रामा किनबेच भइरहेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले बजारमा सरकारीका अनुगमन तथा नियमनकारी निकायको उपस्थिति नहुँदा तरकारी मात्रै होइन अतिआवश्यकीय खाद्यवस्तुको भाउमा पनि कालोबजारी भएको बताउनुभयो । व्यापारीले हरेक सामानको भाउ मनोमानी तरिकाले वृद्धि गरिरहँदासमेत सरकार रमिते बस्दा आमउपभोक्ताले सरकार भएको महसुस गर्न नपाएको उनको भनाइ छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक सागर मिश्रले तरकारी मात्रै होइन अहिले बजारमा महँगी भएको भनेर कुनै पनि गुनासो नआएको बताए। गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छिन् ।

वि.सं.२०७७ असार ३० मंगलवार ०८:०८ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...