back
NMB ad

चल्न थाले सार्वजनिक यातायात

Kumari bank ad

काठमाडौं । सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरेको छ । मङ्गलबारबाट सञ्चालन भएका विद्युतीय बसमध्ये तीनवटा चक्रपथमा र एउटा सूर्यविनायक–रत्नपार्क सञ्चालन गरिएको छ ।

बन्दाबन्दीका बेला सरकारले छोटो दूरीको सवारी सञ्चालन खुला गरी ५० प्रतिशत भाडा वृद्धि गरे पनि सुन्दर यातायातले भने पुरानै भाडामा यात्रुलाई सेवा दिएको छ ।

सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भने, बन्दाबन्दीले सबैलाई समस्या पारेको बेला हामी भाडा बढाउँदैनौँ, पुरानै भाडामा यात्रुलाई सेवा दिन्छौँ । कोरानाबाट बच्ने सुरक्षाका उपाय अपनाएर बस सञ्चालन गरेका छौँ ।

मयुर यातायातले पनि सेवा सञ्चालन गरेको छ । सरकारले छोटो दूरीका सवारी खुला गरेपछि मयुरले सेवा सञ्चालन गरेको हो । साझा यातायातले साउन १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको कार्यकारी निर्देशक भूषण तुलाधरले जानकारी दिए तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने विभिन्न माग राखेर बस सञ्चालन गरेको छैन ।

सरकारले खुला गरे पनि महासङ्घले बन्दाबन्दी अवधिको ब्याज मिनाहा, किस्ता तिर्ने अवधि थप, मर्मत सम्भारका लागि पुनर्कर्जा, मजदुरको कोरोना बिमालगायत राहत प्याकेजको माग राखी यातायात सञ्चालन नगरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

वि.सं.२०७७ असार ३१ बुधवार ०८:१८ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...