back
NMB ad

लालपुर्जाविहीन मासपुर गाउँ

Kumari bank ad

काठमाडौं । सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।

सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स्थानीयवासीको हातमा हालसम्म लालपुर्जा नपरेको हो ।सात हल जग्गा भएकी ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँकी हीराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए–नभएको थाहा नभएको बताए । पञ्चायत कालमा मुखियालाई तिरोस्वरूप मानोपाथी तिरेका स्थानीयले हाल भने तिरो पनि तिरेका छैनन् ।

विसं २०५४ सालअघि नै नापीको टोलीले जग्गा नापजाँच सम्पन्न गरे पनि लालपुर्जा हातमा नपरेको उनले बताए । जिल्ला आएर लालपुर्जा लिन टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मनेलेक काट्नुपर्ने भएपछि स्थानीयको जग्गाधनी पुर्जा लिने रहर पूरा हुन नसकेको हो ।

लालपुर्जा जिल्ला मालपोत गएर बनाउन सकिने जानकारी गाउँपालिकाबाट थाहा पाउनुभएका अर्का स्थानीय टेकबहादुर रोकायाले पुर्जा बनाउन आठदेखि दस दिन लाग्ने भएपछि गाउँका मानिस नगएको बताए । दस दिनको समयसँंगै खर्चको कुराले पुर्जा बनाउन समस्या परेको बताइएको छ ।

स्थानीय बूढापाका भने आफूले लालपुर्जाको मुखै देख्न नपाउने हो कि भनेर चिन्तित देखिएका छन् । गाउँपालिका केन्द्र छप्रेला पुग्न एक दिन लाग्ने मासपुरका बासिन्दाले जग्गा बेचबिखन नहुने भएपछि लालपुर्जाको जरुरी नै नपरेको बताएका छन् । मासपुर गाउँमा १९ घरधुरी छन् ।

जग्गा नापी भई मालपोतमा दर्ता भएर पनि आउजाउ समस्याका कारण गाउँवासीको हातमा लालपुर्जा नपरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुुभयो । अहिले पनि मासपुरवासी लालपुर्जा बनाउन जाने मनस्थितिमा नदेखिएपछि अब गाडी सञ्चालनमा आएपछि गाउँपालिकाले व्यवस्था गर्ने उनले बताए ।

हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसानलाई दिँदै आएको कृषि अनुदानबाट यहाँका किसान वञ्चित भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपियाँ कृषिका लागि अनुदान दिए पनि यहाँका स्थानीयले जग्गाको लालपुर्जा नभएकै कारण उक्त सुविधा पाउनबाट वञ्चित भएका हुन् ।

२०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिलेसम्म लालपुर्जा नलिएको मालपोत कार्यालयले जनाएको छ । ताँजाकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको निमित्त प्रमुख रवीन्द्र शाहीको भनाइ छ । गोरखापत्र दैनिकमा राजन रावतले खबर लेखेका छन् ।

वि.सं.२०७७ साउन १ बिहीवार ०७:५१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...