back
NMB ad

कर्मचारीको एउटा गल्तीले भए मालामाल ! २४ करोडको चिट्ठा जितेपछि…

Kumari bank ad

एजेन्सी । भाग्यमानीले मात्रै चिट्ठा जित्छ भन्ने गरिन्छ । तर यदि कोही व्यक्तिले गलत टिकटमा चिट्ठा जित्छ भने त्यसलाई के भन्ने ? ‘भाग्यमानीको भूतै कमारो’ सायद यो भनाई यहाँ प्रयोग गर्न मिल्छ ।

एक व्यक्तिलाई कर्मचारीले गलत चिट्ठा दिनु नै उनको लागि वरदान साबित भएको छ । घटना अमेरिकाको मिशिगनको हो । मिशिगन लट्री कनेक्टका प्रकाशित समाचार अनुसार चिट्ठा जित्ने ती व्यक्तिले उक्त टिकट मिशिगनस्थित बीपी ग्यास स्टेशनमा खरिद गरेका हुन् । ती व्यक्तिले आफ्नो परिचय लुकाउन चाहेका छन् ।

‘मेरी श्रीमतीको ट्रकको टायरमा हावा भर्नका लागि मलाई खुद्रा पैसा चाहिएको थियो,’ ५७ वर्षे ती व्यक्तिले भने । ‘पैसा साट्ने हिसाबले मैले १० डलर पर्ने लक्की सेभेनको टिकट किनेँ । टिकट बेच्ने कर्मचारीले मलाई गल्तीपूर्वक २० डलर पर्ने टिकट दिए,’ उनले भने ।

‘ती कर्मचारीले टिकट सादिदिने बताए तर पछाडिबाट कसैले टिकट नसाट्न र आफैंसँग राख्न सुझाए । मलाई खुसी लागेको छ कि मैले उनको सल्लाह मानेँ ।’

चिट्ठाको परिणाम मंगलबार घोषणा गरिएको हो । जसमा यी व्यक्तिले दुई मिलियन डलर अर्थात् २४ करोडको नगद जिते । जितेको पैसाले के गर्न चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म एउटा घर किन्छु र बाँकी रकम भविष्यका लागि जोगाएर राख्छु ।’

वि.सं.२०७७ साउन २ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...