back
NMB ad

विश्व बैंकद्वारा विभिन्न परियोजनाको लागि ५४ अर्ब ऋण सहयोग

Kumari bank ad

काठमाडौं । विश्व बैंकले विभिन्न परियोजनाको लागि नेपाललाई ४५ करोड अमेरिकी डलर अर्थात् करिब ५४ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैंकले यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका ऋण उपलव्ध गराउने भएको हो ।

अर्थमन्त्रालय र बैंकबीच शुक्रबार ऋण सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा सम्झौतामा सम्झौतापत्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले र नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।

मन्त्री खतिवडाले त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै सीमापार व्यापार तथा सडक सञ्जाल विस्तारसँगै कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको आर्थिक वृद्धि, राष्ट्रिय एवं क्षेत्रीय एकीकरणमा परियोजनाबाट मद्दत मिल्ने र त्यसले दिगो आर्थिक विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने बताउनुभयो । बैंकले उपलब्ध गराउने रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता हो ।

वि.सं.२०७७ साउन २ शुक्रवार २०:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...