काठमाडौं । मंगलवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक ६ दशमलव ३७ अंक घटेर १ हजार ४५८ दशमलव ५६ विन्दुमा पुगेको छ । यस दिन १ हजार ४७२ दशमलव २० अंकमा खुलेको बजार घट्ने बढ्ने क्रममै रहेको छ ।
एक घण्टाको कारोबारमा नेप्से परिसूचक १ हजार ४७९ दशमलव ३० विन्दुसम्म पुगेको थियो । सोमवार नेप्से परिसूचक १ हजार ४६४ दशमलव ९४ विन्दुमा बन्द भएको थियो ।
यस अवधिमा १६९ ओटा कम्पनीको ८ हजार ८४६ पटकको व्यापारमा रू. ५९ करोड २९ लाख ९२ हजार बराबरको १६ लाख ८५ हजार ७८ कित्ता शेयर कारोबार भएको छ ।
वि.सं.२०७७ साउन ६ मंगलवार १२:०७ मा प्रकाशित