back
NMB ad

कुलेखानीमा पानीको सतह बढ्यो

Kumari bank ad

हेटौँडा । लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५।३६ मिटर पुगेको जनाइएको छ ।

कुलेखानी जलविद्युत् आयोजनाको पहिलो, दोस्रो र तेस्रो आयोजना पूर्ण रूपमा सञ्चालन हुँदा प्रतिघण्टा दुई सेन्टिमिटर पानीको सतह बढेको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाबाट विद्युत् उत्पादन नहुँदा जलाशयमा प्रतिघण्टा आठ सेन्टिमिटर पानीको सतह बढ्छ । यो वर्ष आइतबारबाट अधिक पानी पर्दा जलाशयमा प्रतिघण्टा २० सेन्टिमिटरसम्म पानीको सतह बढेको थियो ।

गत वर्ष यही समयमा जलाशयमा पानीको सतह समुद्री सतहबाट एक हजार ५२६.२५ मिटर पुगेको थियो । जलाशय क्षेत्रमा गत वर्ष यो वर्षभन्दा बढी वर्षा भएकाले पानीको सतह बढी रहेको बताउँदै आयोजना प्रमुख यादवले यो वर्ष पनि जलाशयमा पानी जम्मा हुने क्रम राम्रो रहेको बताउनुभयो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित आयोजनाको जलाशय इन्द्रसरोवर तालको समुद्री सतहबाट एक हजार ५३० मिटरसम्म पानी जम्मा गर्न सकिने क्षमताको छ ।

सात मिटर लम्बाइको जलाशयमा आइतबार अनुपातमा मङ्गलबार जलाशयको सतह साढे तीन मिटर पानी बढेको थियो । मङ्गलबार साँझ ८ः०० बजेसम्म पानीको सतह एक हजार ५१४ मिटर ५३ सेन्टिमिटर पुगेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको पहिलोबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट उत्पादन क्षमता रहेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ साउन ८ बिहीवार ०७:२१ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...