back
NMB ad

खुल्न थाले विद्यालय : विहान १० देखि साढे १ बजेसम्म मात्र पढाउने, एउटा बेन्चमा २ जनामात्र

Kumari bank ad

लमजुङ । लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै जिल्लाका विद्यालय खुल्न थालेको हो ।

कोरोना भाइरस कोभिड १९ संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएको छ ।

बेंसीसहर नगरपालिका ३ बाहुनबेंसीको यशोब्रह्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ ।

लामो समय विद्यालय नखुल्दा विद्यार्थीमा परेको समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ विद्यालय खुलाइएको उहाँले बताउनुभयो । ‘लामो समय लकडाउन भयो । विद्यालय बन्द भयो । विद्यालय नखुल्दा विद्यार्थी घरमा बस्दाबस्दै आत्तिए । अभिभावकले पनि विद्यालय खुलाउन माग गरे’ उहाँले भन्नुभयो, ‘विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच सल्लाह ग¥यौं । कोरोना संक्रमणबाट बच्ने तौरतरिका अपनाउँदै उच्च सतकर्ताका साथ विद्यालय खुलायौं ।’

उहाँका अनुसार विद्यालयमा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ । साबुनपानीले हात धुने व्यवस्था गरिएको छ । कक्षाभित्र पस्दा स्यानीटाइजर प्रयोग गर्ने, एउटा बेन्चमा २ जनामात्र राखेर पढाइने गरिएको छ । शौचालय जाँदा पनि एक/एक जना पठाउने गरिएको उहाँले बताउनुभयो ।

यसअघि १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई अध्ययन गराइँदै आएकोमा अहिले विहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र पढाउने गरिएको छ । उनीहरुलाई अहिले तत्काल विद्यालयको तालिका अनुसार ५ वटा विषय पढाउने गरिएको र अर्को हप्ता बाँकी विषय पढाइने छ । २ सय ४७ जना विद्यार्थी रहेको विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र आएका छन् । २० जना नयाँ भर्ना भएका खबर आजको गोरखापत्रले छापेको छ ।

वि.सं.२०७७ साउन ९ शुक्रवार ०८:०१ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...