back
NMB ad

अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द गर्न पत्राचार

Kumari bank ad

दैलेख । कोरोना भाइरसको रेडजोन मानिएको दैलेखमा कोरोना संक्रमण बढ्न थालेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अन्त्य भएसँगै संक्रमितहरु बढ्न थालेका छन्।

आइतबार मात्रै दैलेख नारायण नगरपालिकाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये ८ जना कृषि विकास कार्यालय दैलेखका कर्मचारी हुन्।

कार्यालयका २६ जनाको पीसीआर परीक्षण गरिएको थियो। २६ जनामध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दुल्लु नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो सहित दैलेखमा कोरोना संक्रमितको सख्या ८ सय ९० जना पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकलपर्सन थीरप्रसाद रेग्मीले बताए। तीमध्ये ७ सय ८९ जना डिस्चार्ज भइसकेका रेग्मीले बताए ।

कोरोना भाइरस संक्रमण फैलिने अत्याधिक सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक सेवाबाहेक सबै सरकारी सेवा बन्द गर्न पत्राचार गरेको छ। कार्यालयले जिल्लाका ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए ।

सरकारले लकडाउन गरेपश्चात भारतबाट १५ हजार ४८ जना नागरिक दैलेख जिल्लामा भित्रिएका छन्। भारतबाट भित्रिएका नागरिकमध्ये कम्तीमा ९ हजार जनाले नयाँ प्रतिलिपी नागरिकता लिने अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। सरकारले साउन ५ गतेको निणर्य अनुसार लकडाउन स्थगित गरिएको भए पनि कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना उत्तिकै छ।

सरकारी कार्यालयका कर्मचारीहरुलाई समेत संक्रमण देखिन थालेपछि प्रशासनले अर्को पत्राचार नहुँदासम्म अत्यावश्यक सेवाबाहेक नियमित सेवा प्रवाह बन्द गर्न ११ वटै स्थानीय तह, सबै सरकारी कार्यालय, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्थालाई पत्राचार गरेको जनाएको छ। -अन्पूर्ण पोष्टबाट

वि.सं.२०७७ साउन १२ सोमवार १०:३९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...