back
NMB ad

१० दिनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय !

Kumari bank ad

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय प्रमुखसहित २१ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि जिल्लालाई १० दिनका लागि सिल गरिएको छ । जिल्ला व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले १० दिनका लागि जिल्ला सिल गरेको हो ।

कोरोना संक्रमण बढ्दै गएकोले समुदायमा फैलिनबाट रोक्न जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गांगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

आइसोलेसन र क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षाकर्मी सँगै प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा समेत संक्रमण देखिएकोले कन्टेयाक ट्रेसिङको काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो ।

संक्रमणबाट बच्न अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन आग्रह गर्दै प्रजिअ क्षेत्रीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको बताउनुभयो । उहाँले कसैले नियम अवज्ञा गरेमा कारबाही गर्ने समेत जानकारी दिनुभयो । बिरामीको स्वास्थ्य उपचार, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालय प्रहरीको सम्पर्कमा आएका व्यावसायी र केही मज्दुर गरी २ सय १५ जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । संक्रमण भित्रभित्रै फैलिएकाले कन्टेयाक ट्रेसिङ गरेर स्वाब संकलनमा लागिएको स्वास्थ्य कार्यालयका प्रमुख शर्माले बताउनुभयो ।

गण्डकी प्रदेशको पोखरामा गरिएको परीक्षणमा सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विमलराज कँडेलसहित १८ जना र साउन ६ गते ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमण देखिएपछि जिल्ला प्रहरी प्रमुख एसपी विमलराज कँडेल जिल्ला प्रहरी कार्यालयको क्वाटरमा आइसोलेसनमा रहेको र अन्य प्रहरीहरुलाई कालिका सामुदायीक अस्पताल हेलु र करेन्डाँडामा रहेको स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सेल्फ आइसोलेसनमा बस्नुभएका एसपी कँडेलले जनताको सेवामा खट्दा संक्रमण भएको बताउनुभयो । प्रहरी प्रमुख एसपी कँडेलले भन्नुभयो, “जनताको सेवाको लागि फ्रन्ट लाइनमा रहेर काम गर्नुपर्ने, कतिबेता संक्रमित भइयो पत्तै भएन । कार्यालयमा सेवा लिन आउनेहरुबाट भयो की समाजमा शान्ति सुरक्षा कायम गर्न खटेको अवस्थामा संक्रमित भइयो, जे भएपनि उच्च मनोबलका साथै कोरोनालाई जित्छु ।”

प्रहरी कार्यालयका प्रमुखसहित ९८ जना प्रहरी र ४ जना थुनुवाको स्वाब संकलन गरेर गरिएको परीक्षणमा सोमबार ४० जनाको रिपोट आएकोमा संक्रमण देखिनेहरुमा १७ जना पुरुष र १ जना महिला प्ररहरी रहेको बताइएको छ । कोरोना संक्रमण देखिनेहरुमा कार्यालय सहयोगी, प्रहरी जवान, असइदेखि कार्यालय प्रमुख समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत केही प्रहरीमा ज्वरो आउने रुघा समेत लाग्ने भएपछि प्रहरीको स्वाब संकलन गरिएको थियो । जनता समाचारबाट

वि.सं.२०७७ साउन १३ मंगलवार ११:४६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...