back
NMB ad

फेरि कडा लकडाउन गर्ने निर्णय : अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द !

Kumari bank ad

सप्तरी । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै मंगलबारदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी–सेमिनार आयोजना नगर्न, भिडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै राजगढ गाउँपालिकाले पनि मंगलबारबाट अनिश्चितकालका लागि सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले एक सूचना प्रकाशित गरी अर्को सूचना नआउञ्जेल गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने जानकारी गराए ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई ध्यानमा राखेर उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । राजविराज नगरपालिकाले भने एक साताअघि नै मङ्गलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन चार महिनापछि अन्त्य भएकै दिन राजविराज नगरपालिकाले समुदायमा कोरोना फैलिएकाले लकडाउन कडा गर्ने निर्णय ग¥यो ।

राजविराज नगरपालिका–६ स्थित घरमै कोशी ग्यास र खाद्य बीज भण्डारको पसल रहेका ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्यु भएपछि ’कन्याक्ट ट्र्याकिङ्ग र ट्रेसिङ्ग’ गर्दै जाँदा परिवारका सबै सदस्य, कामदार, छिमेकी, मित्र र उनीहरुको परिवारमा कोरोना पुष्टि भएपछि राजविराज नगरपालिकाले लकडाउन पूर्ण पालना गर्ने गराउने निर्णय गरेको हो ।

ट्र्याकिङ्ग र ट्रेसिङ्गका आधारमा सम्भावित व्यक्तिको पिसीआर परीक्षण गर्दै जाँदा संक्रमित हुनेको सङ्ख्यामा निकै वृद्धि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । हाल सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ४६२ पुगेको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । भारतसँग सीमा जोडिएको र अन्य छिमेकी जिल्लाहरुबाट पनि मानिसहरुको ओहोरदोहोर भइरहेकाले जिल्लामा संक्रमणको जोखिम अझ बढ्नसक्ने देखिन्छ ।

वि.सं.२०७७ साउन १३ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...