back
NMB ad

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

Kumari bank ad

हेटौंडा । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराज जोशी (बी आर जोशी ) लाई नियुक्त गर्ने निणर्य गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निणर्य गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ मा एम डी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको थियो । उपकुलपति नियुक्तीसंगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिना थापा र लक्ष्मी ढकालागी मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।

यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निणर्य गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निणर्य गरेको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १६:५७ मा प्रकाशित

You can share this post!

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३८

नवलपुर (नवलपरासी), २५ वैशाख : विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत...

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:३३

काठमाडौँ, २५ वैशाखः सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया...

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

सिटिजन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का, यस्तो छ कारण

वि.सं.२०८१ वैशाख २५ मंगलवार १३:१२

काठमाडौं । नेप्सेले सिटिजन्स लाइफ इन्स्योरेन्सको दोस्रो बजारको शेयर कारोबार...

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १२:१६

खजुरा (बाँके), २५ वैशाख : अत्यधिक गर्मी र तातो हावा...

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...