back
NMB ad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्ने सेवा प्रवाह स्थानीय तहअनुसार फरक-फरक दिने भएको छ । कार्यालयमा भिडभाड हुन नदिन प्रशासनले स्थानीय तहका सेवाग्राहीका लागि छुट्टाछुट्टै सेवा दिने निर्धारण गरेको हो।

नागरिकता प्रमाणपत्र, नागरिकता प्रतिलिपी, नाबालिग परिचय पत्र, राहदानी, हातहतियार दर्ता नवीकरणलगायतका लागि स्थानीय तहअनुसार फरक फरक दिन छुट्याइएको छ।

काठमाडौं महानगरभित्र रहेका नागरिकले आइतबार, मंगलबार र बिहीबार सेवाहरु प्राप्त गर्नेछन् । स्थानीय तहलाई ६ समूहमा विभाजन गरी दिन तोकिएअनुसार कीर्तिपुर, नागार्जुन, चन्द्रागिरी नगरपालिका सर्वसाधारणका लागि सोमबार तोकिएको छ।

बुढानिलण्ठ, टोखा, कागेश्वरी, मनहरा नगरपालिकाका बासिन्दाका लागि बुधबार तोकिएको छ। गोकणेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका नागरिकलाई प्रशासनिक कार्यका लागि शुक्रबार छुट्याइएको छ।

संघ संस्था दर्ता सोमबार र बुधबार, संस्था नवीकरण आइतबार, मंगलबार र बिहीबार हुने जनाइएको छ। पत्रपत्रिका दर्ता तथा विधान संशोधनको कार्य शुक्रबारमात्रै हुने भएको छ। प्रतिलिपि पत्राचार हरेक दिन दिउँसो ४ बजेपछि हुने भएको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार १७:३८ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...