back
NMB ad

बालवालिकालाई साइबर अपराध तथा इन्टरनेटको दुरुपयोगबाट कसरी बचाउने ? (सुझावसहित)

Kumari bank ad

काठमाडौं । बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्डसेफ नेटले इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा विभिन्न ६ वटा भर्चुअल वर्कसप आयोजना गरेको छ ।

इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ को विषयमा चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा आयोजना गरेको भर्चुअल वर्कशपमा २५ जनाभन्दा बढि रिसोर्स पर्सनको रुपमा सहभागी भएका थिए । ५ सयभन्दा बढिले कार्यक्रममा प्रत्यक्षरुपमा सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ ।

विभिन्न ६ वटा भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिएको थियो । विभिन्न निकाय र व्यत्तिहरुसँगको छलफलबाट नेपालमा बालबालिका र युवाहरु इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन, यसको दुरुपयोग कसरी हुन्छ र यसको निवारणको लागि अभिभावकदेखि सरकारसम्मले कस्तो तयारी र योजनाहरु बनाउनुपर्छ भन्ने कुरामा जोड दिइएको थियो ।

कार्यक्रमको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउँदै सरोकारवालाहरुको राय संकलन गर्नु रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते देखि सञ्चालन भएकोे वर्कशप साउन १४ गतेसम्म सञ्चालन भएको थियो । यी श्रङ्खलाहरुबाट संकलन गरिएको बिचारहरुबाट आगामी दिनहरुमा बालबालिकाको सुरक्षा र यसको वकालतको लागी प्रयोग गरिने कुरा आयोजकले जनाएको छ ।

कार्यक्रमको पाचौं सेसनमा दुरसञ्चार प्राधिकरण र आइएसपीहरुसँगको छलफलमा वत्ताहरुले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्नुसँगै वालवालिकामा सचेतना जगाउने, विद्यालयका शिक्षामा नै यस सम्वन्धी जानकारी गराउने र अभिभावकको अनुगमनमा इन्टरनेटका प्रयोगमा जोड दिनुपर्ने कुरामा जोड दिइएको थियो । यसैगरी एनटिए र विभिन्न आइएसपीहरुले नेपालमा पोर्न साइट र भैम फैलाउने समाचार र अन्य वेबसाइटहरु पनि बन्द गरेका छन । केहि आइएसपीहरुले बालवालिका लक्षित इन्टरनेट सेक्युरिटी गाइड तथा एप्लिकेकशनहरु पनि सञ्चालनमा ल्याएका छन ।

यसैगरी कार्यक्रमको छैटौ सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिकाको विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिएको थियो । यस सेसनमा सूचना तथा सञ्चार र प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, महिला तथा बालबालिका विभागको महानिर्देशक रोशनी श्रेष्ठ, नेपाल दूरसञ्चार प्राधिकरणको उप निर्देशक रोजा किरण बासुकला, केन्दि«य साइबर ब्यूरोको डिएसपी दिपेश जोशीलाई वक्ताको रुपमा रहेका थिए ।

उनिहरुले सरकारी तवरवाट भइरहेको केहि प्रयासहरु अब पर्याप्त नहुने भन्दै अब पोलिसीमै यस्ता कुराहरु समावेश गरेर छुट्टै टास्कफोर्स बनाएर काम गर्नसके प्रभावकारी हुने बताए ।

वालवालिकासँगै अभिभावकमा सचेतना र डिजिटल लिट्रेसी बढाउनुपर्ने, सरकारले अनावश्यक वेबसाइटहरु फिल्टर गर्नुपर्ने र सेवा प्रदायकहरुले सेक्युरिटीका टुल्सहरु उपलब्ध गराएमा दुरुपयोग कम हुने वत्ताहरुको बिचार थियो । घटना भइसकेपनि कप्लेन गर्नसकिने सहज सुविधा र त्यसको फलोअप र कारवाहीको प्रकृया पनि प्रभावकारी भएमा बालवालिकालाई इन्टरनेटको उत्पिडन तथा अपराधबाट जोगाउन सकिने सरोकारवाला तथा विज्ञहरुले सुझाव दिएका छन ।

२०११ सम्म इन्टरनेटको प्रयोगकर्ता ९.०% मात्रै थियो तर अहिले भने इन्टरनेटको प्रयोगकर्ता ७०% पुगेकाले समस्या अझै बढ्दै गएको पाइन्छ । सन २०१९ मा मात्रै २० लाख ५० हजार व्यत्तिहरुले इन्टरनेटकोे प्रयोग गर्न थालेका छन् । यसअघि चाइल्ड सेफनेटले करिब १२२८ जनामा गरेको सर्वेक्षणमा इन्टरनेटको प्रयोगसँगै दुरुपयोग बढेको र अपराधिक घटनाहरु पनि भएको देखिएको थियो ।

उक्त सर्वेक्षणको अनुसार हरेक ४ जना बालबालिका या युवाहरुमा १ जनाले इन्टरनेटको प्रयोग १० घण्टा भन्दा बढि गरेको देखियो । लकडाउन भन्दा अगाडी अधिकाशंले इन्टरनेटको प्रयोग १–३ घण्टा प्रयोग सम्म गर्ने गर्थे तर अहिले भने प्राय नेपालीले ४–६ घण्टासम्म प्रयोग गर्न थालिएको देखिन्छ । ८३% ले लकडाउन पछि ४ घण्टा भन्दा बढि प्रयोग गर्न थालिएको पाइएको छ र यही बढ्दो प्रयोग सँगै साइबर अपराध नि बढ्दै गएको छ ।

चाइल्डसेफ नेटको सर्वेक्षण अनुसार ३ जनामा १ जना बालबालिका या युवा महिलाले यौन साइटहरु हेरेका थिए र २ जनामा १ जना बालबालिका या युवा पुरुषले यौन साइटहरु हेरेका थिए । वालवालिका तथा युवारुमा फेसबुक, इन्स्टाबाट फेक आइडी बनाएर अश्लील भिडियो तथा फोटो पठाउने, पासवर्ड मागेर उत्पीडन गर्ने , स्कयामीङ्ग गर्ने गरेको बढि देखिन्छ ।

नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै रघुवंशीले जानकारी दिए ।

संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको सस्थाका नेहा गौचनले जानकारी दिइन ।

वि.सं.२०७७ साउन १५ बिहीवार १७:५८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...