back
NMB ad

लगानी बोर्डको सिईओमा सुशील भट्ट

Kumari bank ad

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नियुक्तिको निर्णय गरेको हो ।

भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहनुभएका भट्टले व्यवस्थापन,बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो।

लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी बोर्डलाई तोकिएको छ । प्रधानमन्‍त्री अध्यक्ष रहने यो बोर्डमा विभिन्‍न विभागीय मन्‍त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवलगायत सदस्य रहन्छन्।

तत्कालीन सिईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि यो पदमा रिक्त थियो। सिईओ पदका लागि सुरुमा १२ जनाले निवेदन दिएका थिए। १२ जना मध्येलाई प्रस्ताव प्रस्तुत गर्न लगाएका थिए। त्यसमध्येबाट छानिएका थियो।

वि.सं.२०७७ साउन १९ सोमवार २०:३८ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...