back
NMB ad

घर–जग्गा कारोबारमा अब सरल कर्जा, बैंकले ल्यायो यस्तो योजना

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ ।

घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गर्नाका साथै अन्य बैंकमा रहेको घरकर्जासमेत ‘स्वाप’ गर्ने सुविधा दिने भएको छ । नेपाल बैंक नेपालको पहिलो बैंकसमेत हो ।

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनासमेत शुरु गरेको छ । लघु उद्यम कर्जा तथा समृद्घ व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८ दशमलव ९९ प्रतिशत रहेको छ ।

सो ब्याजदर पनि त्यस प्रकृतिका कर्जामा बंैकिङ क्षेत्रकै न्यून ब्याजदर भएको बैंकले जनाएको छ । त्यस्ता कर्जा प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार÷व्यवसाय हुनुपर्नेछ ।

त्यस्ता व्यवसाय सञ्चालन तथा विस्तारका लागि २५ लाखदेखि ९९ लाखसम्मको लघु उद्यम कर्जा र एक करोडदेखि तीन करोड रुपैयाँसम्मको चालू तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा उपलब्ध गराइनेछ । दुवै प्रकारका कर्जाअन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा अन्य सामान खरिद गर्न स्थिर पूँजीकर्जा र चालू सम्पत्ति व्यवस्थापनको लागि चालू पूँजीकर्जा प्रदान गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे सात कार्य दिनभित्र निर्णय गरी प्रदान गरिनेछ । यस्तै, घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा योजना ल्याएको छ । कर्जाको वार्षिक ब्याजदर ९ दशमलव ९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न सक्नेछन् ।

कर्जा योजनाअन्तर्गत खरिद गरिने घडेरी कम्तीमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अवधि ५ देखि २० वर्षसम्म कायम गरिएको छ । बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । चालू आवमा सबै जिल्लामा शाखा सञ्जाल पु¥याई कूल शाखा सङ्ख्या २१४ पु¥याउने लक्ष्य राखिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०७७ साउन २० मंगलवार ०७:४७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...