back
NMB ad

सम्पूर्ण बैंक तथा वित्तीय संस्था र व्यवसाय बन्द गर्न निर्देशन ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । गोरखा नगरपालिका ९ स्थित लक्ष्मी बजारकी एक युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा सिल गरिएको छ। लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गर्दै आइरहेकी २४ वर्षकी ति युवती सामान लिन काठमाडौं आउँदा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

वडा अध्यक्ष कुल बहादुर कुँवरले सूचना जारी गरी वडा सिलसँगै वडा कार्यालयबाट प्रवाह हुने सेवाहरु पनि बन्द गरेको बताएका छन्। ‘लक्ष्मी बजारमा व्यवसाय सञ्चालन गरी बस्ने एक जना व्यवसायीमा कोरोना भाइरस को रिपोर्ट पोजेटिभ आएको र यस वडा भित्र निजसँग सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम गर्नु पर्ने भएको हुँदा यस वडाबाट संचालन हुँदै आएको सम्पूर्ण सेवाहरु अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ वडा अध्यक्ष कुँवरले जारी गरेको सूचनामा भनिएको छ।

त्यस्तै अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न र वडा भित्रका सम्पूर्ण संस्था, व्यवसायहरु बन्द गर्न पनि वडाअध्यक्षले आग्रह गरेका छन्। ‘अत्यावश्यक काम बाहेक घर बाहिर हिँडडुल नगर्न र यस वडा भित्र रहेका सम्पूर्ण बैंक, वित्तिय संस्था र व्यवसायीहरुलाई आआफ्नो व्यवसाय बन्द गरी अत्यन्त संयम भई सतर्कता अपनाउन हुन र नआत्तिनु हुन समेत वडा कार्यालय सम्पूर्ण वडावासीहरुमा हार्दिक अनुरोध गर्दछ’ अध्यक्ष कुँवरले जारी गरेको सूचना भनिएको छ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ साउन २० मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...