back
NMB ad

सबै प्रकारका सार्वजनिक यातायात तथा निजी सवारी संचालन बन्द गर्ने, यस्तो आयो सूचना !

Kumari bank ad

सर्लाही । वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि शनिबार (आज) बाट लालबन्दी नगरपालिका शील गरिएको छ ।

शुक्रबार साँझ सरोकारवालाहरूको बैठक बसी आकस्मिक सूचना निकालेर औषधि पसलबाहेक अन्य पसल व्यवसाय, बजार, नगरपालिका कार्यालय, वडा कार्यालय र बैंक तथा वित्तीय संस्था बन्द गरिएको हो।

यही साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएकोमा ४१ जनामध्ये एक जना वडाध्यक्ष, स्वास्थ्यकर्मी र व्यापारी समेत गरी तीन जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएकाले शनिबारदेखि लागु हुने गरि अर्को सुचना नभएसम्मका लागि लालबन्दी नगरपालिका शील गरिएको मेयर मानबहादुर खड्काले जानकारी दिए ।

संक्रमित तीनै जनालाई शुक्रबार नै लालबन्दी १ नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको प्रमुख खड्काले बताए । खड्काका अनुसार समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाइएपछि आजबाट लकडाउनमा अझ कडाई गरिएको छ ।

अत्याबश्यक काम बाहेक नगरवासीहरूलाई घर बाहिर ननिस्कन, अनुमति प्राप्त सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) संचालन नगर्न, जमघट हुने सबै किसिमका सभा, सम्मेलन, भोजभतेर जस्ता क्रियाकलाप बन्द गर्न जारी सूचनामा उल्लेख गरिएको छ । शील गरिएपछि आज लालबन्दी अन्य दिनभन्दा सुनसान देखिएको छ ।

लकडाउनलाई कार्यान्वयन गराउन तथा अत्यावश्यक काम पर्दा मास्क लगाएर मात्रै हिँड्न लालबन्दी प्रहरीले केही दिनदेखि कडाई गरिरहेको थियो । हिजो मात्रै बजार क्षेत्रमा मास्क नलगाई हिँड्ने ३४ जनालाई जनही १०० रुपैयाँका दरले जरिवाना तिराइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

वि.सं.२०७७ साउन २४ शनिवार १४:०८ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...