back
NMB ad

अन्ततः भोलिदेखि फेरि लकडाउन गर्ने निर्णय, सवारी साधन बन्द गर्ने

Kumari bank ad

महोत्तर । महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्र एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। शनिबार नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए।

नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन सक्ने भन्दै अति आवश्यक औषधी पसल र स्वास्थ्य चौकीबाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।

लकडाउन अवधिभित्र बाहिरी आवतजावत बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिने नगर प्रमुख महतोले बताए। यसअघि नै महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, महोत्तरी गाउँपालिकामा समेत निषेधाज्ञा जारी गरिएको छ।

वि.सं.२०७७ साउन २४ शनिवार १५:१८ मा प्रकाशित

You can share this post!

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:२२

काठमाडौँ, ३ जेठ : आज वैशाख शुक्ल नवमी अर्थात् सीता...

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...