back
NMB ad

साताको पहिलो कारोबार दिन पहिलो घण्टामा ११.७९ अंकले घट्यो नेप्से

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक ११ दशमलव ७९ अंक घटेको छ ।उक्त अवधिमा नेप्से परिसूचक शून्य दशमलव ८५ अंक घटेर १ हजार ३६९ दशमलव ५८ विन्दुमा झरेको हो ।

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव ९७ अंक घटेर २८६ दशमलव ५९ विन्दुमा भरेको छ । एक घण्टामा १६८ कम्पनीको १३ हजार ५३६ पटकको व्यापारमा रू. २५ करोड २१ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ ।

उक्त अवधिसम्म अजोड इन्स्योरेन्सको शेयर सर्वाधिक कारोबार भएको छ । अजोडको एक घण्टामा रू. ७ करोड ५८ लाख ८३ हजार बराबरको कारोबार भएको हो ।

उक्त अवधिमा कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापारिक समूहको परिसूचक स्थिर रहेको छ भने म्युचुअल फण्डको शून्य दशमलव ६९ प्रतिशत परिसूचक बढेको छ ।

बाँकी समूहको भने परिसूचक घटेको छ । यो अवधिमा सबैभन्दा बढी होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । होटल समूहको परिसूचक ३ दशमलव ५६ प्रतिशत घटेको हो ।

वि.सं.२०७७ साउन २५ आइतवार १२:०० मा प्रकाशित

You can share this post!

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...